काठमाण्डौ । जीवन बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन दिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणसँग स्पष्टीकरण माग गरेको छ।
सेयर लगानीकर्ताहरुले दिएको उजुरीका आधारमा सेबोन र बीमा प्राधिकरणसँग समितिले स्पष्टीकरण माग गरेको हो।
‘सेयर लगानीकर्ताहरुले नियम मिचेर बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन दिएको भन्दै धितोपत्र बोर्ड र बीमा प्राधिकरणमाथि छानबिन गर्न उजुरी दिनुभएको थियो’, समितिका प्रवक्ता एकराम गिरीले बिजशालासँग भने, ‘सोही उजुरीका आधारमा समितिले दुवै निकायलाई पत्र काट्दै यस विषयमा समितिले चित्तबुझ्दो स्पष्टीकरण जबाफ माग गरेको हो। ती दुवै निकायबाट कस्तो जबाफ आउँछ, त्यहीअनुसार अगाडि बढ्छौँ।’
बीमा ऐन, २०७९मा रहेको व्यवस्था उल्लंघन गर्दै बीमा प्राधिकरण र धितोपत्र बोर्डले ४ वटा जीवन बीमा कम्पनीलाई प्रिमियममा ल्याउन दिएको भन्दै लगानीकर्ताहरुले विरोध गर्दै आएका छन्।
लगानीकर्ताहरुले केही समयपहिले यस विषयमा छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरुद्ध पनि उजुरी दिएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19