काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपाल र माण्डु हाइड्रोपवारको सेयर कारोबार दोस्रो बजारमा आजबाट खुलेको छ। 

आज स्पेसल प्रि–सेसन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा प्रतिकित्ता हाथवेको २८५.२० रुपैयाँ र माण्डुको ३७३.२० रुपैयाँमा किनबेच भएका छन्।

नेप्सेमा यी दुवै कम्पनीको आईपीओ हिजो मंगलबार सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि प्रतिकित्ता माण्डु हाइड्रोले न्यूनतम १२४.४२ रुपैयाँदेखि अधिकतममा ३७३.२६ रुपैयाँ र हाथवेले ९५.०९ रुपैयाँदेखि अधिकतममा रु. २८५.२७ रुपैयाँ ओपनिङ रेन्ज पाएका थिए। 

नेप्सेमा माण्डुको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता र हाथवेको ५० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख कित्ता सेयर सर्वसाधारण सूचीकृत भएको छ।