काठमाण्डौ । लगातार तेस्रोपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भएको हो। जसमा प्रतिलिटर पेट्रोलमा १.९४ रुपैयाँ र डिजेलमा ४.८४ रुपैयाँ घटेको छ।
यसअघि गत साउन १६ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो। तयतिबेला प्रतिलिटर डिजेलमा १२.४५ रुपैयाँ र पेट्रोलमा १६.८० रुपैयाँ घटेको थियो।
त्यस्तै साउन १ गते पनि भारतले पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको थियो। त्यतिबेला प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ। यो भाउ अझै घट्ने अनुमान छ । दुई महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा घट्दै गएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि इन्धनको भाउ घटेर आएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ।
भारतबाट लगातार तेस्रोपटक मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन। हाल पेट्रोलमा निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहेको छ।
अब निगमलाई पाक्षिक (१५ दिन)को नोक्सान ३१ करोड रुपैयाँमा झरेको छ । आईओसीलाई निमगले अझै २४ अर्ब तिर्नुपर्ने देखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19