काठमाण्डौ । सरकारले क्लिंकर, सिमेन्ट, डन्डी, फुटवेयर, प्रशोधित पानी निर्यातमा दिइँदै आएको नगद अनुदान बढाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
माथि उल्लिखित बस्तु निर्यातमा सरकारले ८ प्रतिशत अनुदान दिने शर्माले घोषणा गरे । यसअघि यस्ता वस्तुको निर्यातमा ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था थियो ।
बजेटमा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस, प्रोसेसिङ, आउटसोर्सिङ जस्ता सेवाको पहिचान गरी निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिएको छ ।
एक सिमेन्ट उद्योगीकाअनुसार नगद अनुदान बढाइएका कारण अब नेपालबाट सिमेन्ट निकासी हुने बाटो खुलेको छ । यसले सिमेन्ट उद्योगलाई निकै ठूलो राहात भएको बताइएको छ । भारतसँगका केही प्राविधिक कठिनाईको गाँठो फुकाएमा अब नेपालबाट सिमेन्ट भारततर्फ निकासी सम्भव हुने देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago