काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गरेका हुन् । 

कुल विनियोजित बजेटअन्तरगत चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड(४२ प्रतिशत), पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड(२१.२ प्रतिशत), वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड(१२.८ प्रतिशत) र प्रदेश तथा स्थानीय निकायलाई वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड(२४ प्रतिशत) विनियोजन गरिएको छ । 

यस्तै, सरकारले स्रोत व्यवस्थापनको अनुमान समेत सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड प्राप्त हुने आँकलन सार्वजनिक भएको छ । 

यसैगरी, वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड आउनसक्ने अनुमान गरिएको छ । अन्य नपुग स्रोतको व्यवस्थापन वैदेशिक ऋण र आन्तरिक ऋणबाट व्यवस्थापन हुनसक्ने अनुमान गरिएको छ ।