काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको भाउ घटाएको छ।
निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीअनुसार समायोजन गरेको हो। भारतीय आयल कर्पोरेसन (आईओसी)ले भाउ समायोजन गर्दै नयाँ मूल्यसूची पठाएसँगै निगमले पनि मूल्य समायोजन गरेको हो।
निगमले प्रतिलिटर पेट्रोल ९ रुपैयाँ तथा डिजेल र मट्टीतेल ७/७ रुपैयाँले बढाएको छ। अब काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।
अहिले ठाउँअनुसार मूल्य फरक–फरक हुने व्यवस्था गरिएको छ।
यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिन्डर १ हजार ६६० रुपैयाँमा उपलब्ध हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19