काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार (असार २७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम जारी तथा चुक्तापुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19