काठमाण्डौ । बलेफी हाईड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा समयमै नहुने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न ढिलाई भएका कारण पुस मसान्तभित्र आव २०७९/८० को वार्षिक साधारण सभा गर्न असमर्थ रहेको जनाएको हो । 

कम्पनीले उक्त साधारण सभा आगामी माघ १० गते आयोजना हुने र सभा सकिएपछि कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्स)मा जानकारी गराई विवरणहरु पेश गर्ने भन्दै नेप्सेलाई पत्र लेखेको छ । 

माथिल्लो वलेफि जलविद्युत ए आयोजनाको निर्माण गर्न ढिलाई भएको र गत असोज महिनामा अघिल्लो दुई आवको २०७७÷७८ र २०७८/७९ को वार्षिक साधारण सभा सम्पन्न भएको हुदा गत आवको साधारण सभा गर्न सकिने अवस्थामा कम्पनी नरहेको कम्पनीले जनाएको छ । 

गत असोजमा सम्पन्न कम्पनीको दुई साधारण सभाले १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 
कम्पनीले आगामी माघ १० गते आयोजना गर्ने १२ औँ साधारण सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।