काठमाण्डौ । रिडी पावर कम्पनीले सञ्चालन गरेको इवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको छ। 

कम्पनीले आज एक सूचना जारी गर्दै इवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उतपादन बन्द भएको जानकारी गराएको हो। 

इवाखोला जलविद्युत आयोजना पाँचथर जिल्लामा रहेको छ। असार १ गते आएको बाढीले आयोजनाको हेडवर्कस, हेडरेस पाइप, पावरहाउस उपकरण तथा संरचनामा क्षति पुगेको कम्पनीले जनाएको छ। 

बाढीले भौतिक संरचनामा क्षति पुगेपछि आयोजनाको दुवै युनिट बन्द गरिएको कम्पनीले जनाएको छ। 

यो आयोजना ९.९ मेगावाट क्षमताको रहेको छ।