काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्रको अनिश्चिततासँगै नेपालको अर्थतन्त्र पनि अनिश्चिताको भूमरिमा परेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा अन्तरराष्ट्रियसँगै आन्तरिक समस्या देखिएको बताए।

गर्भनर अधिकारीले बाह्य क्षेत्र सकारात्मक हुँदा त्यसको फाइदा लिन सक्नु पर्ने पनि बताए। सप्लाई चेन र बजारमूल्य निर्धारणको कारण मुद्रास्फीति बढ्ने गरेको बताउँदै उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘पर्यटन क्षेत्र सकारात्मक रुपमा अघि बढेको छ,रेमिट्यान्सको आप्रवाह पनि राम्रै छ।’

साथै उनले बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने पनि बताए।