काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। 

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार गत शुक्रबार बसेको बोर्ड बैठकले एनएलजी इन्स्योरेन्सलाई चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि अनुमति दिइएको बताए। 

प्राधिकरणबाट अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति माग्नेछ। सेबोनले अनुमति दिएपछि मात्रै यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद जारी गर्नेछ। 

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । यो कम्पनीले अब चुक्तापुँजीको ६६ प्रतिशत अर्थात ९६ करोड ३१ लाख रुपैयाँबराबरको हकप्रद जारीको प्रक्रिया अगाडि बढाउनेछ। 

हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ अर्बरुपैयाँ पुग्नेछ । प्राधिकरणको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ। 

हकप्रद बिक्रीबाट पनि चुक्तापुँजीका लागि अपुग रकम कम्पनीले बोनस सेयरमार्फत परिपूर्ति गर्ने योजना बनाएको देखिन्छ।