काठमाण्डौ ।नेपालको पूँजीबजारको क्षेत्रमा पहिलो पटक सर्वोत्तम सिमेन्टले आगामी मंसिर ६ गतेदेखि बुक विल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमायोग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्कासन गर्न लागेको हो।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको हो ।
जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता शेयरका लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेको रहेकोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ।
कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गर्न लागेको हो।
कम्पनीको सेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिने सूचनामा उल्लेख छ।योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा शिलबन्दी गरिएको गोप्य बोलपत्र फारम बुझाउन सक्नेछन् ।
बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ।
कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ। इक्रा नेपालले कम्पनीको आईपीओलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको रहेको बुझाउँछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ भने सह-निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19