काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ २५ गतेका लागि साधारण सभा डाकेको हो । 

उक्त सभामा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने,आईपीओ निष्कासन प्राप्त पूँजीको उपयोग गर्ने र निष्कासनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ । 

यस्तै संस्थापक समूहको सेयर स्वामित्व ८५ प्रतिशत र सर्वसाधारण समूहको १५ प्रतिशत कायम गर्ने,कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गरिनेछ ।