काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारणसभा आउँदो पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।