Bonus
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।
बुटवल पावर कम्पनीले आगामी पुस ८ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । सोही सभाले २० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्ने बताइएको छ ।
यो कम्पनीले मंसिर २० गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ मंसिर १९ गतेसम्म यो कम्पनीको सेयर आफ्नो नाममा नामसारी गरेकाहरु मात्र घोषित नगद लाभांश र बोनस सेयर पाउन योग्य हुनेछन् ।
यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ५७ करोड ५४ लाख खूद नाफा आर्जन गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago