काठमाण्डौ । ब्याजदर युद्धले वाणिज्य बैंकहरुमा निक्षेप बढ्नुको सट्टा घटेको देखिएको छ।
कात्तिकमा लागू हुने गरी बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका थिए। तर, २ दिन बित्न नपाउँदै नेपाल राष्ट्र बैंकले ३ बुँदे सर्कुलर जारी गरेपछि बैंकहरुको ब्याजदर युद्ध अन्त भएको थियो।
कात्तिक १ र २ गते अत्याधिक ब्याजदर बढाउने बैंकको निक्षेप बढे पनि समग्र बैंकहरुको निक्षेप भने घटेको छ। राष्ट्र बैंकको सर्कुलर र नेपाल बैंकर्स संघ (एनबीए) का अधिकारीहरुको प्रयासमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर सिंगल डिजिटलमै सीमित भएको छ। यसअघि ब्याजदर बढाएका बैंकहरुले संशोधन गरिसकेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कात्तिक २ गतेसम्मको निक्षेप ४२ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको छ। जब कि असोज मसान्तसम्ममा निक्षेप ४२ खर्ब ६८ अर्ब थियो।
रेमिट्यान्स घटेको तथा विकास खर्च नभएका कारण बैंकहरुले ब्याजदर बढाए पनि निक्षेप भने बढ्न सकेन।
यसैगरी बैंकहरुले कात्तिक २ गतेसम्म बैंकहरुले ३९ खर्ब ९५ अर्ब कर्जा परिचालन गरेका छन्। राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
बैंकहरुको कर्जा निक्षेप अनुपात ८८.७३ प्रतिशत रहेको छ। बैंकहरुमा तरलता अभाव भएको कारण अन्तर बैंकदर समेत ५ प्रतिशत पुगेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19