काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७८-७९का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज बिहान ११ बजे बजेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३.७६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशतले हुन आउने २ अर्ब २२ करोड ५७ लाख २६ हजार ७५८.०८ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २८ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19