काठमाण्डौ । बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरे । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।