काठमाण्डौ । प्रस्तावित लाभांश पारित गर्ने मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेको छ ।
बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारणसभाको मिति, स्थान र समय तय गरेको हो । बैठकले वार्षिक साधारणसभा यही असोज ३० गते गर्ने भएको छ । साधारणसभा बिहान १० बजे एलिस रिसेप्सन्स, गैंह्रीधारा काठमाण्डौमा हुनेछ ।
साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशत बोसन सेयर पारित गर्नेछ । प्रस्तावित बोनस सेयर जारी भएपछि बैंकको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्रको दफा ५(ख) र ५(ग) पनि संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।
त्यस्तै साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन, बैंकको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि छलफल गरी स्वीकृत गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago