काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि आगामी बैशाख ७ देखि १ करोड २० लाख रुपैयाँ बराबरको प्राथमिक सेयरको निश्कासन गर्ने भएको छ ।
एकसय रुपैयाँ अंकित मूल्यको कुल १ लाख २० हजार कित्ता सेयर आइपीओ गरिने र बैशाख ७ देखि ११ गतेसम्म यसका लागि लगानीकर्ताले आवेदन दिनुपर्ने कम्पनीले सोमबार एक सूचनामार्फत जनाएको छ । बैशाख ११ गतेसम्म पनि माग अनुसार आइपीओमा आवेदन नपरे आवेदन दिने अधिकतम मिति बैशाख २१ तय गरिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
यो माइक्रो फाइनान्स कम्पनीले कुल निश्कासित कित्तामध्ये ४ हजार ८ सय कित्ता आफ्ना कर्मचारीका लागि, ६ हजार कित्ता संचालनमा रहेका १० म्युुचुुअल फण्डका लागि र बाँकी १ लाख ९ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
एनसिएम मर्चेन्ट बैकिङ लिमीटेड यो कम्पनीको आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धक तोकिएको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ४ करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात ७० : ३० कायम हुनेछ ।
कहाँ-कहाँबाट दिने आवेदन ?
१)एनसिएम मर्चेन्ट बैकिङ लिमीटेड, कमल पोखरी काठमाण्डौ । सम्पर्क व्यक्ति : अर्चना श्रेष्ठ, सम्पर्क फोन : ०१-४४२८६८८
२)महुली सामुदायिक लघुवित्त बित्तीय संस्था, महुली बजार, सप्तरी । सम्पर्क व्यक्ति : चन्द्रनारायण चौधरी । सम्पर्क फोन : ०३१-४११००५
३)महुली सामुदायिक लघुवित्त गाइघाट । सम्पर्क व्यक्ति : अनिता चौधरी । सम्पर्क : ०३५-४२०९४२
४)महुली सामुदायिक लघुवित्त संस्था भोजपुर । सम्पर्क व्यक्ति : अशोक शाह । सम्पर्क : ०२९-४२०६२८
५)महुली सामुदायिक लघुवित्त संस्था, दिक्तेल । सम्पर्क व्यक्ति : प्रकाशकुमार चौधरी । सम्पर्क : ०३६-४२०६०३
६)महुुली सामुदायिक लघुवित्त संस्था,खनियाखर्क । सम्पर्क व्यक्ति: ताकबहादुर राई । सम्पर्क : ६९१९८१
७)सनराइज बैंक लिमीटेड काठमाण्डौ र देशभरका शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : निरिशराज उपाध्याय । सम्पर्क : ०१-४९१६३९५
(नोट : आस्वा सदस्य बैंक तथा बित्तीय संस्था तथा तिनका शाखाहरु)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago