काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमीटेडले आगामी पुस १२ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको ८२ औं बैठकले पुस १२ गते बिहान ११ बजे काठमाण्डौको लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९-८० सम्मको सञ्चित मुनाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशतको दरले हुन आउने २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँ बराबरको बोनस सेयर वितरणको अजेण्डा प्रस्तुत हुनेछ । सो बोनस सेयरका लागि आवश्यक कर प्रयोजनका लागि चुक्तापूँजीको ०.३७ प्रतिशतको दरले नगद लाभांश वितरणको अजेण्डा पनि पारित गर्ने कार्यक्रम रहेको छ । 

सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.ब. २०७९-८० को वार्षिक आर्थिक विवरणसहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षककको प्रतिवेदनसहित सो आ.ब.को वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने अजेण्डा रहेको छ । 

कम्पनीले बोनस सेयर जारी गरेपछि जारी तथा चुक्तापूँजी वृद्धिको अजेण्डालाई समेत अनुमोदन गर्नुपर्ने विषय सभामा राख्नेछ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर २५ गते कम्पनीको सेयर दाखिल खारेज बन्द रहने घोषणा समेत गरेको छ । यसको अर्थ यो कम्पनीबाट घोषित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन इच्छुकले मंसिर २४ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।