काठमाण्डौ । पूूँजीबजारसँग सम्बन्धित नियामक निकायहरुबीच एकआपसमा समन्वय गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएका छन्।

नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा अर्थमन्त्री खतिवडाले पूूँजीबजारसँग सम्बन्धित नियामकहरुबीच आपसमा मिलेर कार्य गर्न अनुुरोध गरेका हुन्। खतिवडाले मुुख्य दुुई नियामकबीच जुुँगाको लडाइँको अन्तरद्वन्द्व बाहिर छताछुुल्ल भइरहेकोप्रति संकेत गर्र्दै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड आपसमा मिलेर सहकार्य र समन्वय गर्न जोड दिए।

नियामक धितोपत्र बोर्डले दिइएको निर्देशन सबै सरोकारवालाले अक्षरशः पालना गर्नुुपर्ने खतिवडाको भनाइ थियो।

अर्थ मन्त्रालयद्वारा नै धितोपत्र बोर्ड र नेप्सेका कार्यकारी प्रमुुखको नियुुक्ति हुुने अभ्यासले समेत हालसम्म धितोपत्र बोर्ड र नेप्सेबीच स्वतः जुुँगाको लडाइँ हुुँदै आएको बजार जानकारहरु बताउँछन् । यही संकेत पाएर आज अर्थमन्त्री खतिवडाले समन्वयात्मक ढंगले पूूँजीबजारको विकास र विस्तारका लागि होमिन आग्रह गरेको देखिन्छ ।