सुनसरीको धरानस्थित एक ब्रोकर हाउसको बन्द डिस्प्ले रुममा मोवाइलबाट बजार नियाल्दै लगानीकर्ता ।
काठमाण्डौ । सेयर बजारमा दैनिकजसो साना लगानीकर्ता थपिएसँगै ब्रोकर हाउसमा साना तथा ठूला सबै लगानीकर्ताले अब कोभिड–१९ को प्रभावले बन्द डिस्प्ले पनि खोल्नु पर्ने माग गरेका छन् ।
बाहिर अन्य सबै क्षेत्रहरु जस्तै शैक्षिक संस्था, फिल्म हल, र अन्य ठूला मलहरु सुचारु भएको अवस्थामा अब ब्रोकर हाउसमा बन्द रहेका डिस्प्ले पनि खोल्नु पर्ने माग उठेको हो ।
यसै सन्दर्भमा पुराना लगानीकर्ता तथा विश्लेषक गोविन्दप्रसाद घिमिरेले ब्रोकरका डिस्प्ले अबिलम्ब ढिला नगरी खोल्न माग गर्दै भने, “अब ब्रोकर डिस्प्ले बन्द गर्नुको कुनै औचित्य छैन ।”
सुरक्षाको मापदण्ड पूरा गरी लगानीकर्ताले डिस्प्ले हेर्न पाउनुपर्ने उनको माग छ ।
त्यसैगरी लगानीकर्ता मेघनाथ निरौलाले पनि गर्मी बढेसँगै कोभिड–१९ को प्रभाव कम हुने हुँदा डिस्प्ले खोल्नुपर्ने माग गरे । उनले थपे, “ब्रोकर हाउसमा चिया खाँदै सेयर खरिदबिक्री गर्नुको मज्जा नै बेग्लै हुने हुँदा डिस्प्ले खोल्नु उपयुक्त हुन्छ । ”
त्यसैगरी ब्रोकरमा भेटिएका नयाँ लगानीकर्ता उपेन्द्र शर्माले आफूहरुले घरमै बसेर लगानी गर्दा अन्यौल छाएको, विस्तृत तथा व्यापक छलफल, अन्तक्र्रिया गर्न नपाएकोले डिस्प्ले खोल्न माग गरे ।
पोखराबाट नयाँ लगानीकर्ता लक्ष्मी खड्काले पनि ब्रोकर हाउसमा डिस्प्लेको आवश्यकता खड्किएको बताइन् ।
यसैगरी एशियन सेक्युरीटी बुटवल शाखाबाट दिनानाथ शर्माले बुटवलमा यो माग नउठे पनि नयाँ तथा पुराना लगानीकर्ता भेट भएर खरिदबिक्री गर्दा ज्ञान तथा आँट बढ्ने र माहोल फरक पर्ने बताए ।
मोफसल बाहिर सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा रहेका स्टक ब्रोकर नम्बर ४९ र १७ मा समेत डिस्प्ले खुलेका छैनन् । धितोपत्र बोर्डले हालसम्म कुनै डिस्प्ले खोल्न निर्देशन नदिएकाले पनि सोही निर्देशनको परिपरुलना गरेको ब्रोकरहरुको भनाई छ ।
तर, यता सोही ब्रोकर कम्पनीमा आएका सेयर लगानीकर्ताहरु भने डिस्प्ले खुल्नुपर्ने जिकिर गर्छन् । मोबाइलबाट मात्रै मार्केट अपडेट लिन असहज हुने भएकाले पनि ब्रोकरका डिस्प्ले खुल्नुपर्ने उनीहरुको धारणा छ ।
सेयर किनबेच गर्दा साथीहरुसँग कम्पनी बारे छलफल विमर्श गरेर सेयर लगानी गर्न सहज हुने भएकाले ब्रोकरको फ्लोरमा आउनुपरेको लगानीकर्ता बताउँछन् ।
स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले यस विषयमा छलफल गरी आवश्यक निर्णयमा पुगिने बताए ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले यो विषय पहिलोपटक उठेको हुदाँ छलफल गर्न सकिने बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19