काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज बिहीबार (जेठ १ गते) देखि लागू हुने गरी आगामी जेठ ५ गतेसम्म मात्र धितोपत्र कारोबार स्थगन गरिएको जनाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुुंगानाले भने बिहीबार बिहानै अर्को व्यवस्था नभइन्जेलसम्मका लागि धितोपत्र बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिइएको बिजशालालाई जानकारी दिएका थिए। तर नेप्सेले भने आगामी जेठ ५ गतेसम्म सरकारले लागूू गरेको लकडाउन अवधिभर मात्र धितोपत्र बजार स्थगित गरिएको स्पष्ट पारेको छ। 

नेप्सेद्वारा जारी विज्ञप्तिमा जेठ १ गतेदेखि लकडाउनमा भएको कडाइ र लगानीकर्ताको स्वास्थ्य सुुरक्षालाई मध्यनजर गर्दै काबुुबाहिरको परिस्थितिमा जेठ ५ गतेसम्म कायम लकडाउनसम्म धितोपत्र कारोबार स्थगित गर्ने जानकारी दिएको छ।

गत बैशाख २६ गते बोर्डले १४ बुदे  निर्देशन दिई चैत ११ गतेदेखि भएको लकडाउनपछि धितोपत्र बजार बैशाख ३० गते मंगलबारदेखि सुचारु गरेको थियो । 

सामाजिक सञ्जालमा भने आमलगानीकर्ताको पूूर्ण सहभागिताको सुुनिश्चिता नै नभई धितोपत्र कारोबार जबर्जस्ती खुुलाइएको र सो कारोबार न्यायसंगत नभएकाले वैशाख ३० र ३१ गते भएका कारोबार रद्द हुुुुुनुुुपर्ने भन्दै तीव्र विरोध जनाइरहेका छन्। 

ती दुई दिनका धितोपत्र कारोबार भने राफसाफ तथा फछ्र्याैट हुुने तर कारोबार रद्द नहुुने बोर्डका सहप्रवक्ता रुपेश केसीले स्पष्ट पारेका छन्।