काठमाण्डो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। 

तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले विद्युत बिक्रीको आम्दानीमा ३०.५९ प्रतिशतको गिरावट आएको छ। 

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १६ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ २७ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी (ईपीएस) १६.१८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५८.२१ रुपैयाँ रहेको छ।