काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। 

आईओसीले पेट्रोलियम पदार्थको भाउ घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो। 

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८६ पैसा र डिजेलमा १.७४ रुपैयाँ घटेको छ। 

भारतबाट घटेर आए पनि आयाल निगमले इन्धनको मूल्य समायोजन गरेको छैन। 

हाल बजारमा प्रतिलिटर पेट्रोल १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ। 

बजारमा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पर्छ।