काठमाण्डौ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ। 

इन्डियन आयल कर्पोरेसनले आइतबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको आएको हो। जसअनुसार प्रतिलिटर पेट्रोलमा ६.३३ रुपैयाँ र डिजेलमा २० पैसा बढेर आएको छ।

आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ। निगमले यसअघि मूल्य घटेर आउँदा पेट्रोल प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल १० रुपैयाँले घटाएको थियो। 

हरेक १५–१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ। सोअनुरुप आइतबार पठाएको मूल्य बढेर आएको हो।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै भारतले इन्धनको मूल्य समायोजन गरेर नेपालमा नयाँ मूल्यसूची पठाएको हो।