काठमाण्डौ । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको भाउ बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७.८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँले बढेर आएको छ।
यसैगरी प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको छ।
आईओसीले ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १०० रुपैयाँ घटाएर पठाएको छ।
आईओसीले हरेक १५–१५ दिनमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको भाउमा हुने उतारचढावअनुसार नै मूल्य समायोजन गरेर पठाउने गर्छ।
नेपालमा गत साउन १ गतेबाट पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू भइसकेको छ। स्वचालित प्रणालीबाट मूल्य समायोजन गरिने भएकोले पेट्रोल र डिजेलको भाउ बढ्ने तथा ग्यासको घट्ने निगमले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19