काठमाण्डौ ।भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आगामी मंगलबार बाँडफाँट हुने भएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंसिर ५ गते विहान कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ ।  कम्पनीले गत कात्तिक १६ देखि कात्तिक२० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो।

स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन भएको थियो। 

कम्पनीले निष्कासन गरेको आईपीओमा अन्तिम दिनसम्ममा ६.५४ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार  कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।