काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो । अब कम्पनीको सेयर कारोबार बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा सुरु हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२१.७८ देखि ३६५.३४ रुपैयाँ ओपनिङ रेञ्ज तोकिदिएको छ । सोही रेञ्जको आधारमा कम्पनीको सेयर कारोबार हुने छ । कम्पनीको स्टक सिम्बोल भीएलसीयूएल  छ । कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा मुक्तिनाथ क्यापिटलले गर्ने छ ।