काठमाण्डौ। पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १४३ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

प्रहरीले अपरान्ह साढे ३ बजेसम्म गरेको अद्यावधिक विवरण अनुसार ती जिल्लामा  घाइतेको संख्या १६६ जना छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ जना रहेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

*पुन: अद्यावधिक गरिएको