काठमाण्डौ । जाजरकोट भूकम्पमा परि हालसम्म १५७ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्ममा मृत्यु हुनेको संख्या १५७ पुगेको हो।
उनका अनुसार जाजरकोट जिल्लामा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। जाजरकोट केन्द्रबिन्दु भइ गत शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ८५ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा सर्वसाधारणहरु पीडितहरुको उद्धार तथा राहतमा जुटेका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पाँच वटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19