काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सतप्रतिशत हकप्रद सेयरमा आज पुस ७ गतेबाट आवेदन खुला गरिएको छ। 

बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरिएको छ। 

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले यस हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन्।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ यो बैंकको हकप्रद भर्न योग्य हुन मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। 

नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।