काठमाण्डौ । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप १३.२५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार समिक्षा वर्षमा मधेश प्रदेशबाट बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप गत आवको तुलनामा वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । जुन गत समिक्षा अवधिको तुलनामा १३.२५ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधीमा यस्तो निक्षेप ५.३५ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६१ अर्ब ८१ करोड पुगेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधीको तुलनामा ४.६८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा १६.७० प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधीको तुलनामा ४.६८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा १६.७० प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो ।
समीक्षा वर्षमा मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) को सञ्चालनमा रहेका कुल शाखा संख्या १ हजार ७४५ रहेको छ । गत वर्षको सोही अवधीमा यस प्रदेशमा सञ्चालित कुल शाखा १ हजार ६०७ रहेको थियो ।
सञ्चालनमा रहेका शाखाहरू मध्ये वाणिज्य बैंकका ५७२, विकास बैंकका ८४, वित्त कम्पनीका ३८ र लघुवित्त वित्तीय संस्थाहरूको १ हजार ५१ शाखाहरू रहेका छन । जिल्लागत आधारमा शाखाहरूको उपस्थिति हेर्दा सबै भन्दा बढी बारा जिल्लामा २५० शाखाहरू र सबै भन्दा कम रौतहट जिल्लामा १८० शाखाहरू रहेका छन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19