काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । 

सो बैठकले ६.४० प्रतिशत  नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताल पाउने छन् ।

कम्पनीको चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ ।