काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको बोनस सेयरका लागि महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेप्सले सेयरमूल्य समायोजन गर्दै महालक्ष्मी विकास बैंकको प्रतिकित्ता १९५.३७ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४३२.३१ रुपैयाँ कायम गरेको छ । दुवै संस्थाको सेयर कारोबार बुधबार समायोजित मूल्यअनुसार नै खुलेको छ ।

महालक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाइृ चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने बोनस सेयर र  ९.८९ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको यही कात्तिक २९ गते हुने वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

यसैगरी मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि लाग्ने कर प्रयोजनार्थ संस्थाले १.५८ प्रतिशतले हुन आउने रकम नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश मेरो माइक्रोफाइनान्सको यही कात्तिक २९ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ ।