काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित माइखोला हाइड्रोपावर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आईपीओ जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19