काठमाण्डौ । माउन्टेन  हाइड्रो नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा कम्पनीको ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । 

उक्त सभाले १: १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आव २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको सोहि अवधिको वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु)  माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै सभाले आव २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।