काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २९ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ७८५.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीले विद्युत बिक्रीबापत ३८ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबापत ४ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको थियो।

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ७० करोड ४२ लाख रुपैयाँ रहेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएसए) बढेर १४.९१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस २.१० रुपैयाँमा सीमित थियो। पीई रेसियो ७४.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३५.७९ रुपैयाँ रहेको छ।