काठमाण्डौ । माघ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार माघ ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ ७ गतेसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो।
यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँ बढेको छ। योसँगै पुस ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago