काठमाण्डौ । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा १३.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको सञ्चालन मुनाफा ३.६४ प्रतिशतले बढेर २३ करोड ४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २२ करोड २३ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा २.८७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट २४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर २५ करोड १० लाख रुपैयाँ पुगेको छ। 

चुक्तापुँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ र रिजर्भको आकार १०५.२० प्रतिशतले बढेर ४६ करोड ४७ करोडको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा २२ करोड ६४ लाख रुपैयाँ थियो। 

कम्पनीको ईपीएस सामान्य घटेर ९.३३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.३६ रुपैयाँ थियो। पीई रेसियो ४६.०४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.५५ रुपैयाँ रहेको छ।