काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ ।

जसअनुसार कम्पनीको आईपीओमा १२ लाख ३६ हजारभन्दा बढीको हात खाली हुने भएको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुका ५ बजेर ७ मिनेटसम्ममा १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

कम्पनीले जारी गरेको आईपीओमा १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रूपैयाँको आवेदन परेको हो।