काठमाण्डौ।  मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओले १०० देखि ३०० रुपैयाँसम्मको ओपनिंग रेञ्ज  पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८र ७९ को वास्तविक प्रतिशेयर नेटवर्थ  १०० रुपैयाँ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

कम्पनीको आईपीओ गत असोज १० गते बाँडफाँट भएको थियो ।

कम्पनीले भदौ २८ देखि असोज १ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख २१ हजार १७२  कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।