काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १६ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ८.४२ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १४ करोड ३ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको १३ प्रतिशत बढी लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ।

बैंकको सञ्चालन मुनाफा २२ करोड ८९ लाख रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २१ करोड २७ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ७.६२ प्रतिशतले बढेको छ। 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६५ प्रतिशतले बढेर ३४ करोड ८५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३० करोड ९३ लाख करोड रुपैयाँ रहेको थियो। 

बैंकको रिजर्भको आकार १६.६५ प्रतिशतले बढेर २९ करोड ६३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २५ करोड ४० रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले ६ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

यो अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.०५ प्रतिशत थियो। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.७९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.३७ रुपैयाँ थियो।

पीई रेसियो २५.५९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.०३ रुपैयाँ रहेको छ।