काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जसअनुसार कम्पनीले  हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।