काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा दाबी भुक्तानी गरेको छ । 

संस्थाको बनेपा शाखा कार्यालयले कर्जाको म्यादी जीवन बीमावापत रु. २ लाख २५ हजार दाबी भुक्तानी गरेको हो । 

संस्थाले बनेपा शाखा कार्यालयको केन्द्र नं २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको मृत्युपश्चात उनका श्रीमान भुवन थापालाई बीमाङ्क तथा क्रिया खर्च रकम भुक्तानी गरेको हो ।

उक्त रकम संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले चेक मार्फत हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा प्रमुख कार्यकारी बोहरासँगै कर्जा तथा असुली विभाग प्रमुख राजेश श्रेष्ठ, शाखा प्रमुख ललिता पौडेल तथा कर्मचारीहरुको उपस्थिती थियो ।

संस्थाले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग सदस्यको म्यादी जीवन बीमा सहकार्य गरेको छ ।