काठमाण्ठौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या २२ रहेको छ ।

कम्पनीले आगामी माघ १४ गते आयोजना गर्न लागेको वार्षिक साधारण सभामा पेश गर्न लागेको आव २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या २२ रहेको छ । 

प्रतिवेदन अनुसार कम्पनीमा सबैभन्दा धेरै कान्तिपुर पब्लिकेशन र सुमित कुमार अग्रवालको सेयर स्वामित्व रहेको छ । कम्पनीमा कान्तिपुर र अग्रवालकोे ७.४३ प्रतिशत सेयर स्वामित्व छ । दुवैको सेयर संख्या समान १९ लाख ५० हजार कित्ता छ । 

त्यस्तै कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व हुनेमा प्रदिपजंग पाण्डे दोस्रो स्थानमा छन् । कम्पनीको पाण्डेको ५.२४ प्रतिशत सेयर स्वामित्व छ । जस अनुसार कम्पनीमा उनको सेयर संख्या १३ लाख ७५ हजार कित्ता छ । 

त्यस्तै विकास ब राना,सुष्मा राना र यति वेल्र्ड इन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत सेयर स्वामित्व छ । यी तीनजनै लगानीकर्तासाग कम्पनीको १३ लाख ५० हजार कित्ता सेयर छ । 

यसैगरी एअर डाइनास्टिको ३.०६ प्रतिशत,ज्योति प्रकाश पाण्डे,ललिता अग्रवाल र उर्मिला पाण्डेको २.२९ प्रतिशत र राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत सेयर स्वामित्व छ ।