काठमाण्डौ । केहि जहाज बीमकहरुले अमेरिका र बेलायतका व्यापारिक जहाजलाई बीमा कभर प्रदान गर्न अस्विकार गरेका छन् ।

लालसागर भएर व्यवसायीक यात्रा गर्ने अमेरिकी,बेलायती र इजरायली जहाजहरुलाई युद्ध जोखिम अन्तरगतको बीमा कभर प्रदान गर्न बीमा कम्पनीहरुले अस्विकार गरेका  हुन् । 

हुथी समूहले बितेका केहि दिनदेखि लालसागरमा व्यवसायीक जहाजमाथि आक्रमणको सिलसिलालाई बढाएको छ । जसको प्रतिक्रया स्वरुप बेलायत र अमेरिकाले हुथी समूहमाथि गत शुक्रबार हवाई आक्रमण गरेको थियो ।

हुथी समूहले गत सोमबारदेखि दुई वटा मालवाहक जहाजमा मिसाइल आक्रमण गरेको छ । यद्यपी यी दुवै जहाजले आफ्नो यात्रा भने पुरा गरेका छन् । 

यसको परिणाम स्वरुप अन्डरराइटर्सहरुले लालसागर भएर यात्रा गर्ने बेलायत,अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरुलाई बीमा कभरबाट हटाउने निर्णय गरेका छन् ।   

बेलायत र अमेरिकाले हवाई आक्रमण गरेपछि बितेका केहि दिनमा युद्ध जोखिम बीमाको दर वृद्धि भएको छ । जहाजको बीमादर जहाजको कुल मूल्यको १ प्रतिशतले वृद्धि भएको छ ।

जुन केहि साताअघिको भन्दा १० गुणा बढी हो । जसको अर्थ १०० करोड डलर मूल्य पर्ने जहाजको बीमा कभर गर्न १ करोड डलर खर्च लाग्नेछ ।  -एजेन्सी