काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको  छ ।

नेप्से परिसूचक ११.२८ अंकले घटेर २ हजार १५१ विन्दुमा कायम भएको छ । 
बजार घट्दा बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसमूह ०.५२ प्रतिशत र निर्जीवन बीमा उपसमूह १.१३ प्रतिशतले घटेको छ । 

आज दुई पुनर्बीमा कम्पनी र तीन वटा जीवन बीमा कम्पनी गरी ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । 
 

सर्वाधिक हिमालयन रि-इन्स्योरेन्सको सेयरभाउ ८.४४ प्रतिशतले बृद्धि भई ६५३ रुपैयाँ पुगेको छ भने नेपाल रि-इन्स्योरेन्सको २.८९ प्रतिशतले बृद्धि भई ७१६ रुपैयाँ पुगेको छ । 
 

यसका साथै एशियन लाइफको ०.५३ प्रतिशतले बढेर ६८८ रुपैयाँ, एलआईसी नेपालको ०.२१ प्रतिशतले बढेर १४२४ रुपैयाँ र सन नेपाल लाइफको ०.७२ प्रतिशतले बढेर ५८४ रुपैयाँ पुगेको छ । 
 

आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्सको १.९५ प्रतिशतले घटेर ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको १.७१ प्रतिशतले घटेर ४७० रुपैयाँ कायम भएको छ । 
त्यस्तै, आइएमई लाइफको १.६१ प्रतिशत,हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.४६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.२७प्रतिशत, सूर्यज्योति लाइफको १.१६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१० प्रतिशत, सानिमा जीआईसीको १.१० प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.१५ प्रतिशत र नेपाल लाइफको ०.९७ प्रतिशतले घटेको छ । 

 

यसका साथै हिमालयन लाइफको ०.५७ प्रतिशत, नेशनल लाइफको ०.३३ प्रतिशत, प्रभु महालक्ष्मीलाइफको ०.१८ प्रतिशत, रिलायबल नेपाललाइफको ०.४५ प्रतिशतले सेयरभाउ घटेको छ ।
 

त्यस्तै सानिमा रिलायन्स लाइफको ०.६६ प्रतिशत, सलिकोको ०.४२ प्रपितशत, एनएलजीको ०.२५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५६ प्रतिशत र आइजीआई प्रुडेन्सियलको ०.६१ प्रतिशतले सेयरभाउ घटेको छ ।
 

यो दिन सर्वाधिक हिमालयन रि-इन्स्योरेन्सको १ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।