काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीलेआगामी मंगलबार अर्थात् मंसिर १९ गते आईपीओ बाँडफाँट गर्ने भएको छ । 
धितोपत्र निष्कासन तथा एनआईएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ ।


 कम्पनीले  गत मंसिर ८ देखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।  

कम्पनीकोआईपीओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आबेदन परेको थियो। सीडीएसीका अनुसार १३ लाख २२ हजार ९९४ जना आबेदकहरुबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता सेयर माग भएको छ । 

मागभन्दा बढी आबेदन परेकाले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँट गरिने बिक्री प्रबन्धकले बताएको छ ।